काठमाडौ, भदौ-१६ । उपत्यकाका जिल्ला प्रशासन कार्यालयहरूले कोरोनाभाइरस महामारीको दोस्रो लहर देखा परेयता जारी गरेको निषेधात्मक व्यवस्थालाई बुधवार अन्त्य गरेका छन्।
तर उनीहरूले कोभिड-१९ को नियन्त्रणका लागि सावधानी अपनाउनुपर्ने भन्दै सूचना जारी गरेका छन् र त्यसको पालना नगरिए कानुन बमोजिम कारबाही हुने चेतावनी दिएका छन्।
काठमाण्डू, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको बुधवारको बैठकपछि सूचना जारी गरिएको हो।
जिल्ला प्रशासन कार्यालय काठमाण्डूले आदेश जारी गर्दै कोभिड १९ सङ्कट व्यवस्थापन अध्यादेश र स्थानीय प्रशासन ऐन बमोजिम यस्तो निर्णय गरिएको जनाएको हो।