रुबिभ्यालि गाउँपालिकाको अखिल (क्रान्तिकारी) इकाई कमिटी गठन

धादिङ, भदौ- १६ । नेकपा माओवादी (केन्द्र ) निकट अखिल (क्रान्तिकारी) विद्यार्थी सङ्गठनको रुबिभ्याली गाउँपालिका इकाई कमिटी गठन सम्पन्न भएको छ ।

तत्कालै जिल्ला अधिबेशन हुने र बर्खा एबं भौगोलिक विकटताको कारण स्थानीय क्षेत्रमा नै हुनुपर्ने कार्यक्रम अखिल (क्रान्तिकारी) धादिङको सम्पर्क कार्यलयमा सम्पन्न भएको सहकर्मी सुर्य तामाङले बताए !

उक्त भेलाले इन्चार्जमा प्रयास घले लगायत भिम बहादुर तामाङको नेतृत्वमा ३५ सदस्यीय कार्यसमिति गठन गरेको छ ।

भेलामा प्रमुख अतिथिमा नेकपा माओवादी (केन्द्र ) जिल्ला अध्यक्ष बिजय बुर्लाकोटी , एबं विशेष अतिथिमा नेकपा माओवादी (केन्द्र ) निलकण्ठ नगर अध्यक्ष दिपक बिस्वकर्मा , अखिल (क्रान्तिकारी) जिल्ला ईन्चाज बिमल तामाङ, सघंका इन्चार्ज गणेश श्रेष्ठ , एबं YCL जिल्ला सचिवालय सदस्य राजन लम्साल लगायत अतिथिहरुको आतिथ्यता रहेको थियो ।

समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि बुर्लाकोटिले अझै गणतन्त्र नआएको, पन्चहरुको हालिमुहाली रहेको रुबिभ्यालिमा एकक्षत्र माओवादी बनाई, बिकासको मुहार फेर्नु पर्ने र अखिल (क्रान्तिकारी) मय रुबिभ्यालि बनाउने गरि सङ्गठन बिस्तार गर्नु पर्ने बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here