पुष्प कमल दाहाल ( प्रचण्ड ) नेता खनाललाई भेट्न डल्लु पुगे

काठमाडौ- भदौ, १६ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्य स्थितिबारे जानकारी लिएका छन् ।

बुधबार बिहान डल्लुस्थित खनाल निवासमा पुगेर प्रचण्डले खनालको स्वास्थ्यबारे जानकारी लिएका हुन् ।

प्रचण्डले खनालको पूर्णस्वास्थ्य लाभको कामना गरेको प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटा ‘जुगल’ले जानकारी दिए ।

असार २ गते भारत गएका खनाल मिर्गौला प्रत्यारोपण गरी भदौ १४ गते स्वदेश फर्किएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here