समाजसेवी दिनेश तामाङको नेतृत्वमा मनाङको नासो गा.पा. को ३६० घरधुरीलाई राहत बितरण

मनाङ- नागरिक नायक- २०७५ तथा धादिङका समाजसेवी दिनेश तामाङको नेतृत्व एबं उहाको पहलमा हिमाल पारीको जिल्ला मनाङको नासो गाउँ पालिका स्थित ३६० घरधुरी परिवारलाई राहत तथा ५ वटा स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री बितरण गरिएको छ ।

उक्त गाउँपालिकामा असार १ गतेको बाढीबाट पीडित हुन पुगेका ३६० घरधुरीलाई करिब १३ टन राहत सामाग्री एबं कोभिडको जोखिम न्यूनीकरणका लागि ५ वटा स्वास्थ्य चौकीलाई आवस्यक स्वास्थ्य सामाग्री समेत बितरण गरिएको समाजसेवी दिनेश तामाङले होराईजन खबरलाई बताउनु भयो ।

भौगोलिक विकटता एब बर्खाको पानीले सडकहरु जिर्ण हुदा अत्यन्तै कष्टपुर्ण , एबं जोखिमयुक्त यात्राको साथ काठमाडौ बाट प्रस्थान गरेको १७ दिनमा राहत बितरण सम्पन्न गरि बल्ल आज बेसिशहर लमजुङ आई पुगिएको तामाङ बताउनु हुन्छ ।

उक्त राहत बितरण कार्यक्रम लाई सफल बनाउन प्रमुख भुमिका खेल्ने सस्था खाल्सा एड लगायत अन्य सहयोगीमा नासो गापा मनाङ, पिस हिल स्टेशन लमजुङका जीत तामाङ (हाल अलस्का युएस) , आशिष योन्जन एबम् समस्त परिवार पेन्सेलबेनिया युएस, Dane carlson and Hes Mother, हरि बहादुर तामाङ झार्लाङ, बेनिघाटरोराङ धादिङका स्थानिय तर्फ बाट ब्यबस्थापनमा सहयोग गर्ने प्रतिजंग तामाङ, धन बहादुर तामाङ, साबित्री तामाङ र बिशेष गरी नासों गापा १ का अध्यक्ष झलक बहादुर गुरूङ लगायत समस्त सहयोगीहरूलाई समाजसेवी दिनेश तामाङ हार्दिक आभार एबं मुरी मुरि धन्यवाद ब्यक्त गर्नु हुन्छ ।

उक्त समारोहलाई सम्बोधन गर्दै तामाङले, बाढी पिडित मध्य पनि पुर्ण क्षति भएका ४० घरधुरीलाई फेरि बिशेष राहात प्याकेजको पहल गर्ने र पुर्ण ध्वस्त भएको भानुमाबि नासों-१ तालको बिधालय भवन निर्माणमा पहल समेत गर्ने प्रतिबद्धता जनाउनु भयो ।

अन्त्यमा : राहात बितरण कार्यक्रममा खाल्सा एडको तर्फ बाट नेपाल कोअर्डिनेटर रिम्पलले मनाङको दुर्गम भेगमा बिधालय भवन निर्माण तथा पुर्ण स्थापना गर्न सहयोग गर्ने साथै नासो गाउपालिकाका अध्यक्ष चन्द्र घलेले सबै सहयोगी हरूलाई धन्यबाद दिदै अागामी दिनहरुमा समेत सहयोग अपेक्षा गर्नु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here