मेलम्चीमा फेरि बाढी : १२ घर सहित झोलुंगे पुल बगायाे

अविरल वर्षाका कारण शनिबार बेलुकी हेलम्बु हुँदै उर्लिएर आएको बाढीले हेलम्बु गाउँपालिका र मेलम्ची नगरको तटीय क्षेत्रमा थप क्षति पुर्‍याएको छ ।

   बेलुकी साढे नौ बजे आएको बाढीले हेलम्बुको किउल क्षेत्रमा ६ र मेलम्ची नगरको मेलम्ची बजारमा ६ घर बगेका छ । त्यस्तै हेलम्बु–४ ग्याल्थुम बजार जोड्ने झोलुंगे पुल बगाएको छ। ‘पाँच वटा कच्ची र ७ वटा पक्की गरी एक दर्जन घर मेलम्चीले बगायो, ग्याल्थुम बजारका ४० घर जोखिममा रहेकाे ' जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजन अधिकारीले बताउनु भयाे।

यसअघि गत असार १ मा पनि मेलम्चीमा बाढी आएको थियो। प्रहरीको तथ्यांकअनुरूप असार १ को बाढीले हेलम्बु गापाका स्थानीय र मेलम्ची खानेपानी आयोजनामा काम गर्नेमध्ये पाँचले ज्यान गुमाए, २० जना अझै भेटिएका छैनन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here