सेवाग्राहीको डेटाको दुरुपयोग गरेको अभियोगमा एमजनलाई साढे ८८ करोड डलर जरिबाना

एमजन कम्पनीलाई युरोपेली सङ्घ ईयूको डेटा सुरक्षासम्बन्धी कानुन उल्लङ्घन गरेको अभियोगमा ८८.६६ करोड अमेरिकी डलर जरिबाना तिर्न भनिएको छ।

त्यस्तो जरिबाना लक्जेम्बर्गको डेटा सुरक्षासम्बन्धी राष्ट्रिय आयोगले जारी गरेको हो

उक्त निकायले सो विशाल प्रविधि कम्पनीले ईयूको कानुनसँग मेल नखानेगरी व्यक्तिगत डेटाहरू प्रशोधन गरेको दाबी गरेको छ।
एमजनले भने तिर्नुपर्ने उक्त जरिबाना ‘तथ्यमा आधारित नरहेको’ बताउँदै आफूले ‘जोडदार’ रूपमा प्रतिरक्षा गर्ने जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here