नुवाकोट आदर्श बहुमुखी क्याम्पसमा अखिल (क्रान्तिकारी) द्वारा आगजनी

    नुवाकोट- सधैजसो विवाद र किचलो भैरहने नुवाकोट आर्दश वहुमुखी क्याम्पसमा मंगलबार बिहान भने बिद्यार्थीहरुले क्याम्पस प्रमुखको कुर्सीमै आगो लगाईदिएका छन् । क्याम्पस प्रमुख भोला प्रसाद पाण्डे विगत १० दिनदेखी विना जानकारी अनुपस्थित भएका कारण बिद्यार्थीहरुको रजिष्ट्रेसन कार्यनै प्रभावित भएकाले बिरोध स्वरुप कुर्सीनै जलाईएको बिद्यार्थीहरुले बताएका छन् । 
    मंगलबार बिद्यार्थीहरुको रजिष्ट्रेसन गर्ने अन्तिम मितिको दिनपनि क्याम्पस प्रमुख अनुपस्थित भई बिद्यार्थीहरुको भविष्य माथी खेलवाड गरेका कारण आफुहरु विरोधमा उत्रनु परेको अनेरास्ववियू क्रान्तिकारी नुवाकोटका नेता राजेन्द्र पनेरुले जानकारी दिनुभएको छ ।  
    साथै, क्याम्पसको सम्पुर्ण प्रशासनिक काम ठप्प, कक्षा सञ्चालनको लागी बेवास्थालगायतका दर्जनौ लापरबाहि गर्दै आउनुभएका क्याम्पस प्रमुख पाण्डेलाई जिम्मेवारीबोध गराई पढाई सुचारु र छात्रवृति प्रदान गराउन दवाव दिने उदेश्यले विरोधमा उत्रनु परेको विद्यार्थीहरुले बताएका छन् ।
    विगत लामो समयदेखि क्याम्पसमा पढाई नभएको तथा अनलाइन कक्षाको माग गरेपनि क्याम्पस प्रमुख पाण्डेले कक्षा संचालन नगरेको बिद्यार्थीहरुले आरोप लगाएका छन् । 

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here