धादिङ गजुरीमा एनसेलको तार जोड्ने क्रममा विद्युत सर्ट हुँदा २ जनाको मृत्युु

धादिङको गजुरी गाउँपालिका वडा नं ५ बञ्चरे (धारापानी) मा अविरल बर्षाको कारणले पहिरोले रुख ढलेर एन सेलको तार छिनेको र बनाउन जाने क्रममा बिद्युत प्राधिकरणको पोलमा भर्याङ राख्दा पोलमा सर्टभएको बिधुतको कारण २ जनाको मृत्यु भएको छ भने १ जना घाईते भएको स्थानीय राजेन्द्र सुबेदिले जानकारी दिनुभयो।मृत्यु हुनेमा स्याङजा घर भएका विमल परियार र पोखरा घर भएका उमाकान्त बराल रहेका छन्। भने घाईते हुनेमा पोखरा घर भएका भुवन बराल रहेका छन् । घाईतेको उपचारको लागि काठमाण्डौं पाठाईएको ईलाका प्रहरी कार्यलय गजुरीले जानकारी दिएको छ।मृत्यु भएका दुई जनालाई भने गजुरी अस्पतालमा राखिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here