बगैचामा ट्रक दुर्घटना, २५ जना घाईते, गम्भीर घाईतेलाई हेलिकप्टरबाट काठमान्डाै लगिदै

ज्वालामुखि गाउँपालिका ५ खरिबाट धादिङवेशी तर्फ आउँदै गरेको आइचर ट्रक निलकण्ठ ८ मुरलीभञ्ज्याङको बगैँचामा दुर्घटना हुँदा ८ जना घाइते भएका छन् ।

सामान्य घाइतेलाई जिल्ला अस्पताल धादिङमा उपचार गरिएको छ भने गम्भिर घाइतेलाई हेलिकोप्टर मार्फत काठमाडौं पठाईएको छ ।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार बा ३ ख ५६२३ नम्बरको आइचर दुर्घटनामा परेको हो ।

प्रहरीका अनुसार आइचरमा २५ जना सवार थिए । २५ जना मध्ये २३ जना घाइते छन् । घाइते मध्ये ४ जनालाई हेलिकोप्टर मार्फत काठमाडौंको शिक्षण अस्पताल पठाइएको छ ।

३ जनालाई एम्बुलेन्समा काठमाडौं पठाइएको छ । बाँकी रहेका १६ जनालाई जिल्ला अस्पताल धादिङमा उपचार भइरहेको जिल्ला अस्पताल धादिङले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here