अफगानिस्तानको काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाहिर बम विस्फोट

अफगानिस्तानको काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाहिर विस्फोट भएको पेन्टागनले पुष्टि गरेको छ।

पेन्टागनका प्रेस अधिकारी जोन किर्बीले विस्फोटमा भएका हताहतीबारे स्पष्ट नभएको बताए।

ब्रिटिश रक्षा मन्त्रालय स्रोतले विस्फोटमा यूकेको कोही सैनिक परेको खबर आफूहरूले नपाएको जनाएको छ।

एक तालिबान अधिकारीले भने कम्तीमा ११ जनाको मृत्यु भएको बताएका छन्।

विस्फोटमा थुप्रै तालिबान सुरक्षागार्डहरू पनि घाइते भएको उनले बीबीसीलाई बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here