सुन मुल्य ओरालो ; आज पनि घट्यो सुनको मूल्य

काठमाडौ- नेपाली बजारमा आज सुनको मूल्य घटेको छ। आज सुनको मूल्य प्रतितोला २०० रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको जानकारी अनुसार हिजो बुधबारको तुलनामा आज विहीबार सुनको मूल्य तोलामा २०० ले घटेको हो ।
आज छापावाल सुनको प्रतितोला मूल्य ९१ हजार १०० र तेजाबी सुनको मूल्य ९० हजार ६०० रुपैयाँ कायम भएको छ । हिजो बुधबार छापावाल सुनको प्रतितोला मूल्य ९१ हजार ३०० र तेजाबी सुनको मूल्य ९० हजार ८०० रुपैयाँ थियो ।
यसैगरी, महासंघले आज चाँदीको मूल्य स्थिर कायम भएको जानकारी दिएको छ । आज चाँदीको प्रतितोला मूल्य १२१० रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here