नेपालमा थप २४ सय ८२ जनामा कोरोना सङ्क्रमण , ४४ सङ्क्रमितको मृत्यु

भदौ- ९, नेपालमा थप २,४८२ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको र ४४ जनाको कोभिड-१९ का कारणले मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

बुधवार अपराह्ण सार्वजनिक तथ्याङ्कअनुसार १५,२९० जनाको परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो।

तीमध्ये ५,५७९ जनाको परीक्षण एन्टिजन विधिबाट र अरूको पीसीआर विधिबाट गरिएको हो।

मृतकको तथ्याङ्कमा विगत २४ घण्टा ज्यान जाने व्यक्तिको तथा नेपाली सेनाले केही दिनदेखि अन्तिम संस्कार गरिदिएका शवको सङ्ख्या समाविष्ट भएको जानकारी मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले दिएका छन्।

अहिले सङ्क्रमण पुष्टि हुने दर १९.२ प्रतिशत भएको देखिन्छ।

मन्त्रालयका अनुसार अहिले कर्णाली प्रदेशमा सङ्क्रमण पुष्टि हुने दर सबैभन्दा धेरै ४६ प्रतिशत रहेको छ।

नेपालमा सङ्क्रमितको कुल सङ्ख्या आठ लाख ३४ हजार नाघेको छ भने मृतकको सङ्ख्या १,०६१२ पुगेको छ।

मन्त्रालयका अनुसार विगत २४ घण्टाको अवधिमा १,७८१ जना सङ्क्रमणमुक्त भएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here