मानुषी लघुवित्तको आइपिओ बाँडफाँट, ९८.४७ प्रतिशतको हात खाली

मानुषी लघुवित्तको प्राथमिक सेयर बाँडफाँट भएको छ।

बिक्री प्रवन्धक एसबिआई मर्चेन्ट बैंकिङको केन्द्रीय कार्यालयमा सोमबार बिहान साढे ८ बजे आइपिओ बाँडफाँट भएको हो।
आईपिओमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथाबाट १० कित्ताको दरले शेयर वितरण भएको हो। गोलाप्रथाबाट भाग्यमानी ३६ हजार ८५९ जनाले मात्रै १० कित्ता शेयर पाएका छन् भने भाग्यमानी ३ जनाले थप एक कित्ता अर्थात ११ कित्ता शेयर पाएका छन्।

लघुवित्तको आईपिओमा २३ लाख ५४ हजार ७८४ जना आवेदक मध्ये ९८.४७ प्रतिशत आवेदकले शेयर पाएनन् ।
कम्पनीले अंकित मूल्य १ सयका दरले सर्वसाधारण समूहको कुल ३ लाख ९३ हजार ७५० कित्ता आइपिओ जारी गरेको हो।

जसमध्ये कर्मचारी र सामुहिक लगानी कोषका लागि छुट्याएपछि बाँकी रहेको ३ लाख ६८ हजार ५९३ कित्ता सेयर सर्वसाधारणका लागि बाँडफाँड हुनेछ।
आर्थिक वर्ष ०७७/७८ सम्म कम्पनीको प्रतिसेयर आम्दानी १० रुपैयाँ र प्रतिसेयर नेटवर्थ १३० रुपैयाँ ९५४ पैसा छ। केयर रेटिङ नेपालले कम्पनीको आइपिओलाई बी प्लस रेटिङ प्रदान गरेको छ।
आईपिओको निष्काशन रिजल्ट सिडीएससी, यस.बि.आई. मचेन्ट एण्ड बैंकिङ्गको वेभसाईट तथा मानषी लघुवित्तको अफिसियल वेभसाईट मार्फत हेर्न सकिनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here