गङ्गाजमुना -१, ताजिम्राङ्गको सितलादेबी आ.बि.को अवस्था दयनीय : सरोकार निकायको ध्यान पुग्न सकेन

धादिङ, गङ्गाजमुना गाउँपालिका वडा न- १ ताजिम्राङ्ग गाउँमा संचालित सितलादेबी आधारभुत विद्यालयको अवस्था जीर्ण एबं नियमित कक्षा संचालन भए २ वटा कक्षाका विद्यार्थीहरुलाई खुल्ला मैदान वा अस्थायी छाप्रोमा पढाउनु पर्ने अवस्था रहेको उक्त विद्यालयका प्र. अ. आशिष् तामाङले होराईजन खबर लाई बताउनु भयो ।

हाल ८ वटा कक्षा कोठाहरु भुकम्प प्रतिरोधीका छन यद्यपि अफिस र बालकक्षाको लागी २ वटा कक्षा तत्काल आवस्यक रहेका छन । साथै ल्याब र लाइब्रेरी कक्षाहरु पनि आवस्यक रहेका छन ।

विद्यालयको तारबार नरहेको र खानेपानीको समेत अत्यन्तै समस्या रहेको तामाङ बताउनु हुन्छ ।

निमाबी तह सम्मको कक्षा रहेता पनि ४ प्रा.बी. दरबन्दी शिक्षकहरु मात्रै रहेको र दुई बाल शिक्षक एबं ३ निजि शिक्षकहरुलाई विद्यालयकै आर्थिक स्रोतमा सकिनसकी विद्यालयले आज सम्म पालिरहेको छ । यसकारण कक्षा ८ सम्मको पढाई हुने र विद्यार्थी संख्याको आधारमा थप नि.मा.बी. दरबन्दी समेत आवस्यक रहेकोे र निजि स्रोतका शिक्षकहरुलाई अनुदान वा आर्थिक सहयोगको आवस्यक रहेको तामाङ बताउनु हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here