त्रिपूरा सुन्दरी गा.पा. १ पौवा डिल नयाँ बस्तीमा माक्स र सेनिटाईजर बितरण

धादिङ – ३ भदौ , धादिङको त्रिपूरासुन्दरी गाउँपालिका वडा न. १ पौवा डिल नयाँ बस्तीमा माक्स र सेनिटाईजर बितरण गरिएको छ ।
तामाङ पत्रकार संघ र अनेरास्ववियु क्रान्तिकारीका केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज बिमल तामाङ्को नेतृत्वमा नेकपा माओवादी केन्द्र बागमती प्रदेशका सचिवालय सदस्य राम बहादुर भण्डारीको प्रमुख आतिथ्यता,नेकपा माओबादी केन्द्र धादिङका नेता सुदर्शन बसौला र पौवा घर संरक्षण समाजका अध्यक्ष तथा तामाङ पत्रकार संघ धादिङको सह-सचीव सुर्य तामाङको आतिथ्यतामा सम्पन्न भएको थियोे ।

२०७२ बैशाख १२ गतेको बिनाशकारी भुकम्पका कारण बिस्थापित भै उक्त स्थानमा बसोबास गरिरहेका रुबिभ्याली ५ र ६ का बासिन्दाहरु र त्यहाका स्थानीयहरुलाई कोरोना बाट सुरक्षीत रहन चेतना मुलक कार्यक्रम सहित माक्स र सेनिटाईजर बितरण गरिएको सन्जिब गुरुङले होराईजन खबरलाई बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here