धादिङबेसिमा एक स्वास्थ्यकर्मीको कोठाको ताल्चा फोरी दुई लाख चोरी

धादिङ भाद्र ३ । सिद्धलेक गाउँपालिका, नलाङ स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मी प्रतिमा तिमल्सिनाको धादिङबेसी शान्तबजारमा रहेको कोठा फोडेर नगद २ लाख चोरी भएको छ ।
बुधबार दिउँसो कोठामा कोही नभएको मौका छोपी ढोकामा लगाएको ताला फोडेर दराज भित्र रहेका नगद २ लाख चोरी भएको तिमल्सिनाले बताईन ।
शान्तबजार देखि रेडियो धादिङ जाने बाटो छेउमा रहेको उनको कोठा बाट नगद चोरी भएको थियो । हिजै प्रहरीलाई जानकारी गराए पनि आज मात्र प्रहरी घटना स्थलमा पुगि खोजी कार्य सुरु गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here