नेत्रावती डब्जोङ वडा न. २ मा नेकपा माओवादी केन्द्रको वडा भेला सम्पन्न

धादिङ – नेत्रावती डब्जोङ गा.पा वडा नं–२ मा नेपाल कम्यूनिष्ट पार्टी माओवादी केन्द्रको वडा भेला सम्पन्न भएको छ । नेकपा माओवादी केन्द नेत्रावती डब्जोङ गा.पा अध्यक्ष प्रेम ब.तामाङको अध्यक्षता र जनजाति महासंघ बागमति प्रदेशका महा सचिव गोपाल बहादुर गुरुङ्को प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

भेलाले वडा नं २ पार्टी कमिटि अध्यक्षमा युकेश घले र सचिवमा निर तामाङ (सन्देश) र इन्चार्जमा रमेश तामाङ सह ईन्चार्जमा लालविर गुरुङ सहितको ३१ सदस्यीय कार्यसमिति गठन गरिएको वडा न. २ का कमिटी सदस्य राम कुमार तामाङले होराईजन खबर लाई बताए ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका निर्देशन अनुसार देश भरिका स्थानीय तहमा असोज र कार्तिक सम्म त्यसै गरि मसिंर र पुसमा प्रदेश र सघंमा अधिबेशन गर्ने भनिए अनुसार नेत्रावतिमा पनि गाउँ भेला तिब्र रुपमा गठन कार्य भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here