हाइटीमा ७.२ म्याग्‍निच्यूडको शक्तिशाली भूकम्प: हजारौँको मृत्यु भएको आशंका

हाइटी: हाइटीमा ७ दशमलब २ म्याग्‍निच्यूडको शक्तिशाली भूकम्प गएको छ । २०१० को भूकम्पमा भत्किएका संरचना पुनर्निर्माण सम्पन्न नभइसक्दा ११ वर्षपछि पछिल्लो शनिबार बिहान अर्को घातक भूकम्पको धक्का गएको हो ।

यस भूकम्पमा हजारौँ मानिसको मृत्यु भएको हुनसक्ने आंकलन गरिएको छ । अमेरिकी भूगर्भ सर्वेक्षण अनुसार २०१० को भूकम्प भन्दा बढी यस पटकको भूकम्प शक्तिशाली छ। जवकि २०१० को भूकम्प ७ म्याग्निच्यूडको मात्रै थियो र त्यसबेला २ लाख मानिको मृत्यु भएको थियो। साथै पुनर्संरचनाका लागि खर्बौँ डलर खर्च गर्नुपरेको थियो ।
हाइटीको दक्षिणी प्रायद्विपमा अवस्थित दुई सहर लेस केयस र जरेमीमा भूकम्पको धक्काले ठूलो विनाश भएको र धेरै मानिस भग्नावशेषमा पुरिएको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् । यस्तै भूकम्पको धक्कापछि सुनामी आउनसक्ने खतरा समेत औंल्याइएको छ ।
यस क्षेत्रमा टेलिफोन तथा बिजुली समेत बन्द भएका छन् । पेटिट ट्रो डे निप्पेस क्षेत्रलाई भूकम्पको इपिसेन्टर मानिएको छ । तर यस क्षेत्रबाट क्षतिको यकिन विवरण आइसकेको छैन ।
हाइटीका अधिकारीहरुका अनुसार घटनाको यकिन विवरण संकलन गर्न अझै सकिएको छैन । यद्यपि उद्वारकर्मीहरु खटाइएको छ । ठूलो धक्कापछि सानाठूला गरेर यहाँ बारम्बार धेरै परकम्प गएको पनि बताइएको छ । विशेषगरी ४ देखि ५ म्याग्निच्यूडका धेरै परकम्प गएको स्थानीय अधिकारीले जनाएका छन् ।
 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here