धादिङमा कोभिसिल्डको दोस्रो मात्रा ३१ र ३२ मा लगाईने ; खोप केन्द्र बारे विशेष जानकारी

सरकारले कोभिसिल्डको पहिलो मात्रा लगाएका नागरिकलाई अस्ट्राजेनिका खोप लगाउन सुरु गरेको छ ।
गत चैतमा कोभिसिल्डको पहिलो मात्रा लगाएका ६५ वर्ष उमेर माथिका ज्येष्ठ नागरिक लगायतलाई दोस्रो मात्राका रुपमा शुक्रवार देखि अस्ट्राजेनिका खोप लगाउन सुरु गरिएको हो ।
अक्सफोर्ड अस्ट्राजेनिकाले विकास गरेको यो खोप भारतको सेरम इन्स्च्यिूट्ले यो खोप ‘कोभिसिल्ड’ नामबाट उत्पादन गरेको थियो।
पाँच महिना अघि खोप लगाएका व्यक्तिलाई अहिले दोस्रो मात्रा लगाउन पहिले कै खोप केन्द्रमा जानुपर्छ कि अन्य खोप केन्द्रमा पनि लगाउन पाइन्छ भन्ने विज्ञासा लागेको हुन्छ ।
भिसिल्डको पहिलो मात्रा लगाई हाल उपत्यका बाहिर भएका वा उपत्यका बाहिर खोप लगाई हाल पहिलो मात्रा उत्यकामा भएका व्यक्तिले कहाँ खोप लगाउन भन्ने अलमल भएको हुनसक्छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप लगाउने व्यक्ति जुन स्थानमा छ त्यँही नजिकको खोप केन्द्र गई गई पहिलो मात्रा लगाएको खोप कार्ड देखाएर खोप लगाउन सकिने जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here