शिक्षक महासंघको आन्दोलनमा धरपकड , धादिङका शिक्षकहरु समेत प्रहरी नियन्त्रणमा

नेपाल शिक्षक महासंघको आन्दोलनमा प्रहरीले धरपकड गरेको छ। १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा धर्ना दिन टंगालमावि नक्सालमा भेला भएका शिक्षकहरुमाथि प्रहरीले धरपकड गरेको हो।
प्रहरीले विद्यालयभित्रै पसेर आन्दोलनको तयारीमा रहेका ६० बढी शिक्षकहरुलाई गिरफ्तार गरेको एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष शंकर अधिकारीले जानकारी दिए। हाल आफुहरुलाई कमलपोखरी प्रहरी परिसरमा हिरासतमा राखिएको छ।
आन्दोलनको तयारी भइरहेका बेला शिक्षक महासंघका सह अध्यक्ष पूर्ण दवाडी, महासचिव लक्ष्मीकिशोर सुवेदी, नेपाल शिक्षक संघका अध्यक्ष राजेन्द्रराज पौडेललगायतका शिक्षक नेताहरुलाई प्रहरीले प्रकाउ गरेपछि बालुवाटारमा धर्ना दिने महासंघको पूर्वनिर्धारित कार्यक्रम विथोलिएको छ।

धादिङ जिल्ला स्तरीय शिक्षक आन्दोलन परिचालन समिति संयोजकद्वय विष्णु अधिकारी र खिलबहादुर धमला नेतृत्वमा काठमाडौं स्थित प्रधानमन्त्री कार्यालय परिसरमा ३४ बुँदे माग सम्बोधनको लागि धर्ना कार्यक्रममा सहभागि हुँदा धपकड गरी गिरफ्तार गरेकोहो । गिरफ्तारीमा धादिङ बाहेक जिल्लाका समेत गरी १ हजार भन्दा बढी शिक्षकहरु छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here