लम्जुङ्गको दोर्दी गा.पा. ८ हिले बजारका बाढी पहिरो पीडितलाई आर्थिक रकम सहयोग हस्तान्तरण

लम्जुङ्ग दोर्दी गाउँ पालिका ८ हिले बजारमा असार १ गते बाढी पहिरोबाट पीडित बासिन्दालाई  आर्थिक रकम सहयोग कार्यक्रम सम्पन्न भएको छ ।

लम्जुङ्ग दोर्दी ७ दरिम्बोट घर भएका,  हाल रोजगारको सिलसिलामा दुबईमा कार्यरत आइत गुरुङ्ग र पित कुमार गुरुङको नेतृत्वमा दुबई लगायत अन्य विभिन्न देशमा कार्यरत दाजुभाइ तथा दिदिबहिनीहरु बाट आर्थिक रकम सङ्कलन गरि आज एक विशेष कार्यक्रम साथ गाउँपालिका उपाध्यक्ष दिल बहादुर घले र वडा अध्यक्ष तुल बहादुर लगायत अन्य जनप्रतिनिधि सदस्यहरुको रोहवरमा रकम हस्तान्तरण गरिएको आईत गुरुङले बताउनु भयो ।

साथै बिदेश बात प्राप्त उक्त रकम हस्तान्तरणमा  समाजसेवी तथा स्थानीय सोनिका गुरुङ, राधा कुमारी गुरुङ, गौ काशी गुरुङले पनि महत्त्वपूर्ण भुमिका खेल्नु भएको आईत गुरुङले बताउनु भयो ।

पुर्ण छेती भएका १८ घरलाई  प्रति घर १० हजारले  र  आम्शिक रुपमा छेती भएका ६ घरधुरी लाई प्रती घर ५ हजारलको दरले नगद रकम सहयोग गरिएको छ ।

साथै बिपत बेबस्थापन कोषको स्थापना  गरि २५२७५ सहयोग रकम समेत दिइएको र हाल उक्त कोषमा कुल नगद २३५२७५ जम्मा भएको गुरुङले बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here