शुक्रबार थप २५ कोरोना संक्रमितको मृत्यु भएसँगै मृत्यु हुनेको सङ्ख्या १० हजार नाघ्यो

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार नाघेको छ । शुक्रबार थप २५ कोरोना संक्रमितको मृत्यु भएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार १९ पुगेको हो ।

पछिल्लो २४ घण्टामा नेपालमा २ हजार ४३० जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । योसँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या ७ लाख १० हजार ५०९ पुगेको छ ।

त्यसैगरी निको हुनेको संख्या ६ लाख ६५ हजार ५४८ पुगेको छ । सक्रिय संक्रमितको संख्या ३४ हजार ९४२ रहेको छ । हालसम्म ७ लाख १० हजार ५०९ मा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

चीनको वुहानबाट सुरु भएको कोभिड–१९ को संक्रमण नेपालमा पहिलोपटक २०७६ माघ १० (जनवरी २४) मा पुष्टि भएको थियो । कोरोनाले पहिलोपटक २०७७ जेठ ३ मा सिन्धुपाल्चोक बाह्रबिसेकी २९ वर्षीया सुत्केरीको धुलिखेल अस्पतालमा मृत्यु भएको थियो । कोरोनाबाट एकै दिन सबैभन्दा धेरै जेठ ५ गते २ सय ४६ जनाको मृत्यु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here