सरकार बिरूद्व रेल्वे कम्पनीका महाप्रबन्धक भट्टराईले पोखे आक्रोश

२० साउन २०७८
रेल्वे कम्पनीका महाप्रबन्धक गुरुप्रसाद भट्टराईले सामाजिक सञ्जालमा सत्ता गठबन्धनका नेताहरुप्रति आक्रोश व्यक्त गरेका छन्। बुधबार भट्टराईले प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको नामै लिएर असन्तुष्ट जनाएका हुन्।
विशेष गरि एमाले बरिष्ठ नेता माधव कुमार नेपाल प्रति लक्षित गर्दै
“माकुनेसँग मैदानमा भेट्ने हो।’

उनले आफूलाई स्पष्टीकरण लिन र पदबाट बर्खास्त गर्न मुख्य रुपमा प्रचण्ड र माधव नेपालको भीषण दवाब रहेको दाबी गरेका छन्। ‘मलाइ स्पष्टीकरण लिन र पदबाट बर्खास्त गर्न मुख्य रुपमा प्रचण्ड र माधव नेपालको भीषण दवाब रहेछ।’ उनले भनेका छन् , ‘गुरु भट्टराई देखेर तीन कान्ला हाम्फानेहरुले यो देश बनाउँछन् भनेर कल्पना गर्नु? म लाखौंको जागिर छोडेर ५० हजारको जागिर खान बाध्यताले आएको हो। त्यो बाध्यता मुलुक निर्माण र जनताको खुसियालीको निम्ति हो। मेरो आफ्नै व्यक्तिगत चाहना हैन। ’

भट्टराईले गरीबका छोराछोरीलाई कामना लगाएको दाबी गरेका छन्। ‘मलाइ निकाल तर मैले नियुक्त गरेका गरिब नागरिकका छोराछोरीलाई हिम्मत गर्यो भने तिम्रो सत्ता हल्लिन्छ, मजाक नगर।’ उनले भनेका छन्, ‘गरीबका छोराछोरीलाई कामना लगाएको छु। भारतीय कम्पनिलाई दिनु पर्ने ८ करोड आजै पठाउँदै छु र ट्रायल रन गर्दैछु। माकुनेसँग मैदानमा भेट्ने हो।’

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई स्पष्टीकरण सोध्ने निर्णय सार्वजनिक भएपछि फेसबुकमार्फत आक्रोस व्यक्त गरेका हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here