कौशिल्या तामाङ र हस्त ब.गुरुङ को सम्झनामा १९ औ स्मृति दिवस सप्पन्न

धादिङ – सम्बादाता, ऐतिहासिक जनयुद्धका सहिदहरु कौशिल्या तामाङ र हस्त ब.गुरुङ को सम्झनामा १९ औ स्मृति सभा कार्यक्रम सम्पन्न भएको छ । जनक्रान्ति महान सहिद बेपत्ता परिवार समाज धादिङका अध्यक्ष श्री राम बहादुर भण्डारीको अध्यक्षतामा तथा बाग्मती प्रदेश कमिटी सचिवालय सदस्य तथा निलकण्ठ नगर उपप्रमुख मनराज भण्डारी ज्युको प्रमुख आतिथ्यतामा स्वर्गीय कौशिल्या तामाङ र हस्त ब.गुरुङको फोटोमा अबिर र माल्यापन लगाइ स्मृति दिवस मनाइएको छ ।
साथै उहाहरुले महान जनयुद्धमा पुराउनु भएको योगदान, उहाँहरुबाट सिक्न पर्ने कुराहरुको चर्चा परिचर्चा समेत गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here