काठमाडौं उपत्यकामा निषेधाज्ञा अझै थप्ने तयारी, पछिल्लो समय झारी निषेधाज्ञा आज राती १२ बजे सकिदै

उपत्यकामा जारी निषेधाज्ञा थप्ने तयारी भएको छ ।कोरोना संक्रमण बढिरहेकाले निषेधाज्ञा थप्ने तयारी भएको बताइएको छ । संक्रमण बढिरहेकाले निषेधाज्ञा पुरै नहट्ने काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए ।

उनले सार्वजनिक सवारीसाधन खुलेपनि उपत्यकाभित्र रात्रि क्लब, पार्टी प्यालेस, होटेल, रेष्टुरेण्टमा कडाइ हुनसक्ने बताए । फिल्म हल र जीमखानाबारे आज छलफल भइरहेको उनले बताए ।

विद्यालय तथा विश्वविद्यालयको पठनपाठन भौतिक रुपमा नगरेपनि २५ जना नबढ्ने गरी भौतिक रुपमै परीक्षा सञ्चालन गर्न पाउने निर्णय भएको थियो । पछिल्लोपटक थप गरिएको निषेधाज्ञा आज राति १२ बजे सकिँदै छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here