माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको तेस्रो युनिटबाट विद्युत् उत्पादन थालिएको छ ।

भदौ सम्ममा पुर्ण क्षमतामा सञ्चालन गर्ने तयारी स्वरुप तेस्रो युनिटवाट विद्युत उत्पादन सुरु भएको हो । पहिलो र दोस्रो युनिटको परीक्षण उत्पादन सफल भएपछि तेस्रो युनिट पनि सञ्चालनमा ल्याइएको जलविद्युत् आयोजनाले जनाएको छ । तीनवटा युनिट सञ्चालन भएसँगै ४ सय ५६ मेगावाट क्षमताको सो आयोजनाबाट २ सय २८ मेगावाट विद्युत् उत्पादन भएको छ । साउनभित्रै चौथो युनिट र भदौभरमा बाँकी दुई युनिट पनि सञ्चालन गरी आयोजना पूर्ण क्षमतामा चलाउने तयारी छ ।

असोजको मध्यदेखि पूर्ण क्षमतामा व्यावसायिक विद्युत् उत्पादन सुरु गर्ने योजनाको तयारी छ । गत असार २१ गते तामाकोशीको पहिलो युनिटको उदघाटन गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here