नेपाल शिक्षक महासंघ द्वारा माइतिघरमा धर्ना, सर्बोच्चमा मुद्दा हालेर भ्रम छर्न खोजेको

नेपाल शिक्षक महासंघले आज माइतिघर मण्डलामा सरकार विरुद्ध धर्ना कार्यक्रम गरेको छ । महासंघले सरकार समक्ष ३४ सुत्रिय माग पेश गरेको र सरकारले सबै माग पुरा गर्नु पर्ने भन्दै धर्ना कार्यक्रम गरेको हो ।

कोभिड-१९ महामारीलाई ध्यानमा राख्दै विहान १० बजे देखि १ बजे सम्म करिब दूई सय शिक्षक, कर्मचारी धर्ना कार्यक्रममा सहभागि हुनु भएको थियो । बैशाख २० गतेबाट सामाजिक सञ्जाल र अनलाइन मार्फत चरण बद्ध आन्दोलन गर्दे आइरहेको नेपाल शिक्षक महासंघले चौथो चरणको आन्दोलनमा सडकबाटै सरकारलाई दबाब दिने कार्यक्रम सार्वजनिक गरेको हो ।

मुख्य गरेर शिक्षामा बजेट बढाउनु पर्ने, राहत शिक्षक, ईसिडि शिक्षक, बाल विकासका शिक्षक, साविक उच्च माविका शिक्षकहरुको समस्या समाधान गर्नुपर्ने, विद्यालय कर्मचारीहरुको समस्या समाधान, छिटो संघिय शिक्षा ऐन ल्याउनु पर्ने लगायत ३४ सुत्रिय माग राख्दै महासंघले आन्दोलन गरिरहेको छ ।

महासंघका सहअध्यक्ष पूर्णप्रसाद दवाडीले २०७५ साल फागुनको १४ गते काठमाडौं घेराउ कार्यक्रम रहेको र त्यस पछि मात्रै सरकारले शिक्षकलाई वार्तामा बोलाएको स्मरण गर्दे विभिन्न बाहानामा माग पुरा गर्नुको सट्टा अल्मल्याउने काम गरेको आरोप लगाउनु भयो ।

त्यतिवेला फेरि वार्ता बस्ने भनिएपनि त्यो दिन अहिलेसम्म आएन र वार्तामा बोलाइएन । फेरिपनि आन्दोलन विना शिक्षकले केहि प्राप्त गर्देनन भन्ने लागेपछि बैशाख २० गतेबाट आन्दोलनमा आएको बताउनु भयो ।

खोप दिन धरै आग्रह गरेपछि प्राप्त गरेको र इसिडि शिक्षक र विद्यालय कर्मचारीको तलब वढाउने कुरामा स्थानिय तहमा र संघमा गरी विभाजन गरेर धोका दिने काम गरेको भन्नु भयो । त्यस्तै दश दिनको पर्यटन काज कर्मचारीले पाउने तर तिनै कर्मचारीका छोराछोरीलाई पढाउने शिक्षकलाई नदिनु अन्याय गरिएको भन्दै विरोध गर्नु भयो । जहिले सम्म माग पुरा हुँदैन त्योवेला सम्म निरन्तर आन्दोलनमा रहने बतानु भयो ।

कार्यक्रममा बोल्दै भन्नु भयो “केहि शिक्षकहरुले सर्वोच्चमा मुद्दा हालेर भ्रम छर्न खोजेका छन् । मुद्दाले कुनै पनि माग पुरा नहुने र मुद्दा फैसलाहुने कुनै आधार छैन । शिक्षकका सबै माग शिक्षा ऐनबाट मात्रै सम्बोधन हुन्छ ।”

त्यस्तै यसअघिको नेतृत्वले एमालेको सरकारलाई दाग लाग्छ की भन्दै सरकार जोगाउन तिर लागेकोले शिक्षकका माग सम्बोधन नगरे को आरोप लगाउनु भयो ।

नेपाल शिक्षक संघका अध्यक्ष राजेन्द्र राज पौडेलले राज्यका सञ्चालकहरुले शिक्षकका मागहरु सुनुन् भनेर सिंहदबार नजिकै सडकमा उत्रिएको बताउनु भयो । सरकारले वेवास्ता गरेपछि सडक बाटै शिक्षकका माग पुरा गराएरै छाडने बताउनु भयो । सरकारले माध्यामिक तहसममको विद्यालय शिक्षा स्थानीयलाई दिएर दरबन्दी मिलानका नाममा चिठ्ठी कतिबेला आउछ, तलब आउछ की आउदैन भन्ने अवस्थामा संविधानको पिडाले यो अवस्था ल्याएको भन्नु भयो ।

कार्यक्रममा बोल्ने क्रममा प्रश्न गर्दे भन्नु भयो निजामति सरहको मुद्दा साच्चै शिक्षकका हितमा छ ? महासंघले त्यो बुझेको थिएन ? विभन्न मागका लागि भावनामा बगेर आफुहरुले पनि मुद्दा हालेको र त्यसले माग पुरा नगरेको बताउनु भयो ।

“आज षणयन्त्र मुलक ढंगबाट आर्कषणको नारा, आर्कषणको मुद्दा भएको र चार लाख शिक्षकको लागि घातक मुद्दाको रुपमा रहेको छ ” पौडेलले भन्नु भयो । साथै शिक्षकको मर्यादाक्रम निजामतिको भन्दा माथि हुनुपर्ने माग गर्नु भयो ।

नेपाल शिक्षक महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदिले शिक्षकका महत्वपुर्ण ३४ सुत्रिय माग लिएर आन्दोलनमा गएको र यसलाई निर्णायक अवस्थामा पुर्याएर मात्रै आन्दोलन बाट फिर्ता हुने बताउनु भयो । सबै शिक्षकहरु आन्दोलनमा सहभागि हुन आग्रह गर्नु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here