रूस चीनको नयाँ ग्यास स्टेशन: चीनले अधिक फाइदा उठाउदै

अन्तरास्ट्रिय खबर । चीनले आफ्नो रणनीतिक भण्डार निर्माण गर्न सस्तो तेल भण्डार गर्दै आएको छ। यसले रूसलाई एक आदर्श स्रोतको रूपमा फेला पारेको छ जहाँबाट सजिलैसँग भारी छुटमा तेल किन्न सकिन्छ। सन् २०२२ मा चीनको सबैभन्दा ठूलो तेल आपूर्तिकर्ता बनेको रुसबाट चीनले तेलमा थप छुट माग गर्ने कुनै अवसर छोडेको छैन।
अहिलेको परिप्रेक्ष्यमा रुस र चीनबीचको कूटनीतिक सम्बन्ध दिनप्रतिदिन बलियो बन्दै गएको छ र रुस पूर्ण रूपमा चीनमा निर्भर बन्दै गएको अवस्था छ । फेब्रुअरीमा रूसले युक्रेनमाथि आक्रमण गरेपछि, चीनले रूससँग यसको कच्चा तेलको लागि कम खरीददारहरू भएको अवस्थाको बेजोड फाइदा उठायो ।

केही विदेशी सरकारहरू र कम्पनीहरूले प्रतिबन्धहरू लगाएर आफ्नो ऊर्जा निर्यात बन्द गर्ने निर्णय गरेपछि रुस चीनसंग भर परेको हो । यद्यपि आर्थिक स्वार्थका लागि रुसले युक्रेनमा गरेको अप्रत्याशित आक्रमणको सार्वजनिक रूपमा निन्दा नगर्ने निर्णय लिएपछि रुस र चीनको भातृत्व झनै बढेको हो । बिश्वभरिवाट कडा प्रतिबन्धहरूको सामना गरेपछि, रूसले चीन र अन्य देशहरूलाई तेलमा छुट प्रस्ताव गर्यो, जुन बेइजिङले खुसीसाथ स्वीकार गर्दै ठूलो मात्रामा रुसी खरिद गर्न थाल्यो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here