धादिङ । कुरी युवा समाज तथा सह-आयोजक जागृती कृषि तथा पशुपालक कृषक समूह द्वारा आयोजित खनियावास – ३, कुरी कुतिङ खेल मैदानमा भएको 5A Side फुटबलको फाइनल खेलमा प्रथम कुरि भि. जि. ग्रुप, दोस्रो शिगाङ एकता समाज र तेस्रो कुरि कतो टोल हुन सफल भएका छन ।
प्रथम बिजेता टिमले नगद रु ३०,००० दोस्रोले रु २०,००० र तृतीयले नगद रु १०,००० सहित शिल मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन ।
स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद भन्ने मुल नाराको साथ आयोजित उक्त प्रतियोगिताको समारोहमा प्रमुख अथिति खनियाबास गाउँ पालिका अध्यक्ष श्री रण बहादुर तामाङ द्वारा समापन गरिएको डि. बि. गुरुङले होराइजन खबरलाई जानकारी गराउनु भयो ।