अचम्मको संस्कार: खडेरी परेपछि जनप्रतिनिधि र कर्मचारीलाई बाँधेर मन्दिरमा…

काठमाडौ । नवलपरासीको सरावल गाउँपालिकाका अध्यक्षसहित जनप्रतिनिधि र कर्मचारीलाई स्थानीयले बाँधेर मन्दिर पुर्‍याएका छन्। 
खडेरी परेपछि आजित भएका स्थानीयले पानी पार्नका लागि भन्दै क्षमा पूजाका लागि उनीहरूलाई मन्दिर लगेर पूजाआजा गरेका हुन्। 
जिल्लामा १५ दिनअघिदेखि पानी नपर्दा धान बाली सुक्न थालेको छ। खडेरीका कारण धान खेत चिरा (धाँजा) परेको छ। 
लामो समयसम्म पानी नपरेपछि यस क्षेत्रका स्थानीयले इन्द्र भगवानसँग पानीको माग गर्दै घर-घरमा पुगेर मानिसहरूमाथि पानीले नुहाई दिने, हिलो छ्यापिदिने परम्परागत चलन रहेको छ। 
यो चलनमा विभिन्न जोकर भेषमा महिलाहरू सहभागी हुने गर्दछन्। महिलाहरूले पानी पार्नका लागि धार्मिक गित गाउँदै घर घरमा पुग्ने र गाउँ परिक्रमा गर्ने गर्दछन्। 
यसो गर्दा इन्द्र भगवान खुसी हुने र पानी पार्ने धार्मिक विश्वास रहेको सरावल गाउँपालिकाका अध्यक्ष सुखाडी प्रसाद चौधरीले बताए। पानी माग्दै हिँड्नेहरूले सहयोग रकम लिने र उक्त रकमबाट मन्दिरहरूमा क्षमापूजा गर्ने प्रचलन छ। 
खडेरीका कारण धान उत्पादनमा कमि आउने भन्दै किसानहरू चिन्तित बनेका छन्। पानी नपरेपछि बढेको गर्मीले चहलपहल समेत घटेको छ। गर्मीले सबैभन्दा बढी दैनिक मजदुरी गरेर खाने मर्कामा परेका छन्। 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here