राप्रपा द्वारा धादिङमा महंगी भ्रष्टाचार, कालाबजारी र मलको अभाव विरुद्ध बिरोध प्रदर्सन

धादिङ । राप्रपा धादिङले सदरमुकाम धादिङबेसि स्थित जिल्ला प्रशासन अगाडि शुक्रबार धर्ना तथा बिरोध प्रदर्सन गरेको छ ।

हाल देशमा महगी भ्रष्टाचार, कालाबजारीको मौलाएको एबं रासायनिक मलको अभाव भएकोले किसानहरुले सास्ती भोग्नु परेको भन्दै धर्ना तथा बिरोध प्रदर्सन गरेको छन ।

दर्जनौं जिल्लाका नेता कार्यकर्ताको बाक्लो उपस्थितीमा राप्रपाले बिरोध प्रदर्सन गर्दै यश विषयमा सरकारले असल नेतृत्व दायी भुमिका खेल्न नसकेको भन्दै नाला जुलुस समेत लगाएका थिए ।

उक्त कार्यक्रममा केन्द्रिय सदस्य डम्बर तामाङ र जिल्ला अध्यक्ष धुर्ब खनाल एब खनियाबास १ का वडा अध्यक्ष सोनाम तामाङ लगायतको आतिथ्य रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here