फौजदारी कसुर तथा फौजदारी कार्यबिधी विधेयक, २०७९ पारित

काठमाडौ । फौजदारी कसुर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने विधेयक, २०७९ पारित गरिएको छ । प्रतिनिधिसभाको बिहीबारको बैठकले फौजदारी कसुर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने विधेयक, २०७९ सर्वसम्मतले पारित गरेको हो । 

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री श्री गोविन्द प्रसाद शर्मा (कोइराला) ले उक्त विधेयक पारित गरियोस् भनि प्रस्ताव गरेका थिए । सभामुख अग्निप्रसाद सापकोटाले निर्णयार्थ प्रस्तुत उक्त प्रस्तावलाई बैठकले सर्वसम्मतले पारित गरेको जानकारी दिए । 

निर्णयार्थ प्रस्तुत गरिनुअघि बैठकमा सो विधेयकमाथि छलफल भएको थियो । प्रतिनिधिसभाको अर्को बैठक २४ असार दिउँसो २ बजे बस्ने सभामुख सापकोटाले बताए । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here