काठमाडौ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । सोमबार बसेको निगम सञ्चालक समितिको बैठकले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलको मूल्यमा प्रतिलिटर रु २, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर रु ९ वृद्धि गरेको हो ।
यस्तै हवाई इन्धन (आन्तरिक)तर्फ प्रतिलिटर रु ५ वृद्धि भएको निगमले जनाएको छ । निगमले खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखेको छ । मूल्यवृद्धिसँगै काठमाडौँ उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर रु १८१, डिजेल्मट्टितेलको मूल्य प्रतिलिटर रु १७२, हवाई इन्धन (आन्तरिक) को मूल्य प्रतिलिटर १९० पुगेको छ ।
मूल्यवृद्धि गर्दा पनि आगामी असार २४ सम्ममा खरिद वापत भुक्तानी गर्न नसकेको बक्यौता रकम करिव रु ३० अर्ब रुपैयाँ पुग्ने निगमले जानकारी दिएको छ ।