भरतपुरमा कांग्रेस नेता जगन्नाथ पौडेलले मेयरमा दिए वागी उम्मेदवारी

चितवन । सत्तागठवन्धनको सहमति विपरित भरतपुरमा कांग्रेसका नेता पूर्वसांसद जगन्नाथ पौडेलले मेयरमा वागी उम्मेदवारी दिएका छन् ।
गठवन्धनको सहमति अनुसार भरपुरको महानगर पालिका माओवादी केन्द्रलाई परेको थियो । तर भरतपुर कांग्रेसले नै पाउनुपर्छ भन्दै आएका चितवनका कार्यकर्ताहरुले छुट्टै उम्मेदवारी दर्ता गर्ने चेतावनी समेत पार्टीलाई दिँदै आएका थिए ।
सोमबार नेता पौडेलले नेता कार्यकर्ता साथमा चार तारे झण्डासहित निर्वाचन अधिकृतको कार्यालय पुगेर आफ्नो मनोनयन दर्ता गराएका छन् ।
पौडेलको समर्थकमा कांग्रेस महासमिति सदस्य मीना खरेल र प्रस्तावकमा कांग्रेसका पूर्ब जिल्ला सभापति कृष्णलाल सापकोटा रहेका छन् ।
यता सहमति अनुसार भरतपुरको मेयरमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पुत्री रेणु दाहालले मेयरमा आफ्नो नाम दर्ता गराएकी छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here