युवा नेता विशाल लुंगेली मगरद्धारा गल्छी गा.पा-८ को वडाध्यक्षमा उम्मेदवारी दर्ता

यहि बैशाख ३० गते हुने स्थानिय तह निर्वाचनको लागी गल्छी गाउँपालिका वडा न.८ वाट वडाध्यक्ष पदका लागि विशाल लुंगेली मगरले उम्मेदवारी दर्ता गराएका छन् ।
आज दिउँसो निर्वाचन आयोगको कार्यालय गल्छी गाउँपालिका, गल्छी-६, बैरेनी पुगेर आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । नेपाली काँग्रेस, नेकपा माओवादी(केन्द्र), नेपाल एकिकृत समाजवादीको सयुक्त गठबन्धनका तर्फबाट गल्छी गाउँपालिका वडा न.८ को उम्मेदवार हुन् । यसै गरि उहाँ कै समुहबाट वडा सदस्यहरुका उम्मेदवारहरुमा सनिल तामाङ, रमेश तामाङ, सुष्मिता अधिकारी र कमला रोक्का रहेका छन् ‌। गल्छी गाउँ पालिकाको हरेक भुगोल, परिवेश र परिस्थितिलाई बुझेका व्यक्ति लुंगेली मगर हाल नेपाली काङ्ग्रेसको हालसालै सम्पन्न १४ औं महाधिवेशन बाट नेपाली काङ्ग्रेस धादिङ क्षेत्र नम्बर १ “क” बाट प्रदेश प्रतिनिधि समेत छन् । गल्छी गाउँ पालिकाको युवाहरु माझ बहुचर्चित नेताको रुपमा समेत गनिने मध्येका नेता हुन् । आफ्नो जिवन कालको दुइ दसक बर्ष बाट नै सक्रिय युवा नेता हाल ३५ बर्षका युवा उम्मेदवार हुन। गत् २०७४ सालको निर्वाचनमा अत्यन्त झिने मतले पराजित व्यक्ति बिशाल लुंगेली मगरलाई अहिलेको स्थानिय निर्वाचनमा भने नेपाल एकिकृत समाजवादीको पनि साथ छ । आफ्नो आवश्यकता यहाँको जनताले महसुस गरेकोले आफ्नो सिंगो टिमको जित हुनेमा आशावादी छन्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here