कहिले पनि सकिने छैन एमसीसीको दुःख। 

अनुमान नै नगरिएको राजनीतिक विवाद पार गरेको एमसीसीको ‘दुःख’ अझै सकिएको छैन, परियोजनाले जग्गा प्राप्ति र वातावरणीय तथा सामाजिक मुद्दाहरुको सामना गर्न बाँकी नै छ ।एमसीसीबारे आम जनताको बुझाइका कारण पनि परियोजना कार्यान्वयन झन् चुनौतीपूर्ण हुनेछ ।

 २०७८ फागुन १५ 

१५ फागुन, काठमाडौं । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँग नेपाल सरकारले गरेको कम्प्याक्ट संसदले अनुमोदन गरेको छ ।योसँगै एमसीसी अन्तर्गत नेपालमा सञ्चालन हुने प्रसारणलाइन र सडक आयोजनाको निर्माण थाल्नुअघि पूरा गर्नुपर्ने ६ मध्ये ५ वटापूर्वशर्त पूरा भएको छ ।

तर राजनीतिक विवादका बीचमा अनुमोदित एमसीसी परियोजनाले प्राविधिक र समाजिक चुनौतीहरुको सामना गर्नुपर्नेछ ।अर्थमन्त्रालयका अधिकारीहरुका अनुसार अनुमान नै नगरिएको राजनीतिक विवाद पार गरेको एमसीसीको ‘दुःख’ अझै सकिएको छैन, परियोजनाले जग्गा प्राप्ति र वातावरणीय तथा सामाजिक मुद्दाहरुको सामना गर्न बाँकी नै छ । 

एमसीसीबारे आमजनताको बुझाइका कारण पनि परियोजना कार्यान्वयन झन् चुनौतीपूर्ण हुने उनीहरुको भनाइ छ ।