एमसीसी नेपाल र नेपाली जनताको लागि हानिकारक: राप्रपा उपाध्यक्ष बुद्दिमान तामाङ

काठमाडौ । बुधबार सिंहदरबार अगाडि एमसीसी विरुद्ध प्रदर्शनमा उत्रिएका राप्रपाका वरिष्ठ उपाध्यक्ष तथा पुर्व गृहमंत्री बुद्धिमान तामाङले एमसीसी देशको लागि उपयुक्त नभएको बताउनु भयो ।

वरिष्ठ उपाध्यक्ष तामाङ आफ़ै सडकमा आई एमसीसी को बिरोध सभामा उपस्थित हुनु भएको थियो । एमसीसी देश र जनताको लागि उचित नभएको र पास गर्नु परे पनि त्यसका केही अंसहरु सच्याउनु पर्ने बताउनु भयो । अन्यथा यसले मुलुकमा विकराल समस्या निम्त्याउने हुँदा यसको विरुद्ध एकजुट हुन सम्पुर्ण नेपाली जनतालाई अनुरोध गर्नु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here