खनियाबाँस १ का वडा अध्यक्ष बुद्धि तामाङ द्वारा उचे खोलाको जोखिम युक्त पुलको अनुगमन

धादिङ । खनियाबाँस र रुबिभ्याली दुई गाउँपालिका जोड्ने माथिल्लो उचे खोलाको जोखिम युक्त पुलको खनियाबाँस गाउँपालिका १ का वडा अध्यक्ष बुद्धि तामाङ द्वारा अनुगमन गरि पुर्णनिर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । साथै साङगङ खानेपानीको समेत अनुगमन गरीएको हाम्रा सम्बाददाता अनिस तामाङले बताए ।

जस्अनुसार उक्त साङगङ खानेपानी योजनालाई हाल बाँकी रहेको बजेटले पूरा गर्ने प्रतिबद्धता साथ यही वर्षमा आफुले निर्माण कार्यको प्रकृया अगाडि बढाउने समेत बताए ।

बिगत ५/६ वर्ष देखी रुबिभ्यालि र खनीयाबाँसका स्थानीयहरुलाई हालको लिस्ने सडक मार्ग भन्दा माथिल्लो बाटो बाट आवतजावत गर्न अत्यन्तै समस्या भैरहेको छ । युक्त पुलको फलाम र अड़किने छेउछाउका जालीहरु नभएकोले, सामान बोकेर यात्रा गर्न, घास दाउरा गर्नका लागी निकै जोखिम भएकोले पुल निर्माण सगै उक्त क्षेत्र आसपास बसोबास गर्ने आम सर्वसाधारणलाई निकै राहत हुने स्थानीयहरु बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here