साउदीमा नेपाली सहित दुई श्रमिकको ड्रोन आक्रमणमा मृत्यु

IRAN-CRISIS/SAUDI-YEMEN

अन्तरास्ट्रिय खबर । साउदी अरबमा भएको ड्रोन आक्रमणमा एक नेपालीसहित दुई विदेशी श्रमिकको मृत्यु भएको छ।

साउदी अरबको पूर्वी प्रान्तस्थित शैबाह तेल क्षेत्रमा रहेको साउदी अराम्कोको परियोजनामा बुधबार बिहान भएको आक्रमणमा एक नेपाली र एक प्यालेस्टिनी नागरिकको मृत्यु भएको साउदी अरबको ऊर्जा मन्त्रालयले जनाएको छ।

आक्रमणमा पाकिस्तानी र भारतीय नागरिक घाइते भएका छन्। तर, मृत्यु भएका नेपाली नागरिकको नाम, ठेगाना तथा घटनासम्बन्धी थप विवरण भने सार्वजनिक गरिएको छैन।

स्रोत: नेपालखबर