काठमाडौ । दशैँ मनाउन काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको यात्रुवाहक बस सिन्धुलीको खुर्कोटमा दुर्घटना हुँदा ९ जना यात्रु घाइते भएका छन्।
प्रहरीका अनुसार गोलञ्जोर गाउँपालिकास्थित खुर्कोटमा खाना खाएर यात्रु चढाउने क्रममा बस ब्याक गर्ने क्रममा दुर्घटना भएको हो। बा.प्र.०३–००१ ख. २७७४ नम्बरको बसको पछाडिको चक्का अचानक नालामा परेपछि बस सडकबाट करिब १० मिटर तल खसेको थियो।
दुर्घटनामा घाइते भएका ९ जना यात्रुलाई उद्धार गरी खुर्कोटस्थित शुभजीवन अस्पताल र सुनकोशी सामुदायिक अस्पतालमा उपचारका लागि पठाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विजय श्रेष्ठले जानकारी दिएका छन्।
प्रहरीका अनुसार घाइते सबैको अवस्था सामान्य रहेको छ।
#HorizonKhabar @highlight






