धादिङ । पोखरामा विद्यार्थी बोकेको स्कूल बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन्।
पोखरा महानगरपालिका–२८ माझठानाबाट कालिका बोर्डिङ स्कुलका विद्यार्थी बोकेर आउँदै गरेको बस कालिकास्थित ओख्लेको भीरबाट करिब २०० मिटर तल खसेको थियो।
गण्डकी प्रदेश प्रहरी प्रमुख दीपेन्द्र घर्तीका अनुसार दुर्घटनामा तीन जनाको मृत्यु भएको हो। घाइतेमध्ये १५ जनाको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा र तीन जनाको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ।
गण्डकी अस्पतालमा उपचारका लागि ल्याइएका तीन जनाको मृत्यु भएको जनाइएको छ। दुर्घटनाको थप विवरण आउन बाँकी छ।






