धादिङ क्षेत्र नं. २ बाट महाधिवेशन प्रतिनिधिमा रेसम थापाको उम्मेदवारी

धादिङ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको अवसरमा धादिङ क्षेत्र नं. २ बाट महाधिवेशन प्रतिनिधि (खुला) तर्फ रेसम थापाले उम्मेदवारी दिएका छन्।

करिब २५ वर्षदेखि निरन्तर नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहँदै आएका थापाले पार्टी संगठनलाई थप सुदृढ, प्रभावकारी र गतिशील बनाउन आफ्नो अनुभव र भूमिकालाई थप सक्रिय बनाउने प्रतिबद्धतासहित उम्मेदवारी दिएको बताएका छन्।

लामो समयदेखि पार्टीको राजनीतिक गतिविधिमा सक्रिय रहँदै आएका थापाले संगठन निर्माण, कार्यकर्तासँगको सहकार्य र पार्टीको विचार तथा सिद्धान्तलाई जनस्तरसम्म पुर्‍याउन आफूले निरन्तर भूमिका निर्वाह गर्दै आएको बताएका छन्।

महाधिवेशन प्रतिनिधिका रूपमा निर्वाचित भएमा पार्टी संगठनलाई अझ मजबुत बनाउने, कार्यकर्ताको भावना र सुझावलाई पार्टीको नेतृत्वसम्म पुर्‍याउने तथा संगठनको हितमा जिम्मेवार ढंगले काम गर्ने उनको प्रतिबद्धता छ।

उम्मेदवारीसँगै थापाले नेपाली कांग्रेसमा आस्था राख्ने शुभेच्छुक, क्रियाशील सदस्य तथा धादिङ क्षेत्र नं. २ का क्षेत्रीय प्रतिनिधिहरूप्रति सम्मान व्यक्त गर्दै आफूलाई अमूल्य मत, साथ, सहयोग र विश्वास प्रदान गर्न आग्रह गरेका छन्।

रेसम थापा
महाधिवेशन प्रतिनिधि उम्मेदवार (खुला)
नेपाली कांग्रेस, धादिङ क्षेत्र नं. २
सम्पर्क : 9851224338