कृष्णभीरको बाटो हुँदै सवारी आवागमन सुरु, बिहीबार देखि दोहोरो चल्ने

धादिङ । त्रिशूली नदीमा आएको बाढीले सडक भासिएपछि अवरुद्ध बनेको पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरबाट रोकिएका सवारी साधन पास गराइएको छ।

निर्माण सुरु भएको ११औँ दिन आइतबार ट्र्याक खुलेपछि रोकिएर बसेका ग्यास बुलेट तथा ठूला मालवाहक सवारी साधनलाई कृष्णभीर पार गराइएको हो।

सडक स्तरोन्नतिको काम अझै बाँकी रहेकाले नियमित रूपमा सवारी सञ्चालन हुन केही दिन लाग्ने बताइएको छ। सडक विभागका महानिर्देशक विजय जैसीका अनुसार थप समस्या नआए बिहीबारदेखि कृष्णभीरमा दोहोरो रूपमा सवारी सञ्चालनमा ल्याइनेछ।

भदौ १० गते आएको बाढीका कारण सडक भासिएपछि नयाँ ट्र्याक निर्माण गरेर सवारी सञ्चालनको व्यवस्था गरिएको हो। भदौ २० गते डाइभर्सन ट्र्याक खोलिएको थियो।