कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक, ८१.१९ प्रतिशत विद्यार्थी उत्तीर्ण

काठमाडौ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक (मौका) परीक्षाको नतिजा सार्वजनिक गरेको छ।
बोर्डका अनुसार साउन २ र ३ गते सञ्चालन भएको परीक्षाको नतिजा बिहीबार राति प्रकाशित गरिएको हो। यस वर्षको मौका परीक्षामा सहभागी विद्यार्थीमध्ये ८१.१९ प्रतिशतले सबै विषयमा ग्रेड प्राप्त गरेका छन्।

परीक्षामा कुल ७१ हजार ३१० जना विद्यार्थी सहभागी भएका थिए। तीमध्ये ५८ हजार ८९७ जनाले सबै विषयमा ग्रेड हासिल गरेको बोर्डले जनाएको छ।

यस्तै, परीक्षाका क्रममा भएको अनियमितताका कारण तीन जना परीक्षार्थीको नतिजा रद्द गरिएको बोर्डले जानकारी दिएको छ।

विद्यार्थीहरूले आफ्नो नतिजा राष्ट्रिय परीक्षा बोर्डले उपलब्ध गराएका आधिकारिक माध्यमबाट हेर्न सक्नेछन्।