धादिङ । धादिङ जिल्ला अदालत बार एसोसिएसनको अध्यक्षमा अधिवक्ता रामचन्द्र भट्ट निर्वाचित भएका छन्।
बेनीघाट रोराङ गाउँपालिका–७ चैलिङमा शनिबार सम्पन्न एसोसिएसनको ३८औँ वार्षिक साधारणसभा तथा २१औँ अधिवेशनले भट्टको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।
नयाँ कार्यसमितिको उपाध्यक्षमा अधिवक्ता रामकृष्ण अधिकारी, सचिवमा अधिवक्ता खिल गिरी, कोषाध्यक्षमा अधिवक्ता गोपी अर्याल र सहसचिवमा अधिवक्ता अम्बिका घिमिरे चयन भएका छन्।
त्यस्तै, सदस्यहरूमा अधिवक्ता विश्वराज अधिकारी, टंककुमार श्रेष्ठ र दिनेश दुवाडी रहेका छन्।
नवनिर्वाचित कार्यसमितिले कानून व्यवसायीको पेशागत हकहितका साथै न्यायिक निकायसँगको समन्वय र बार–बेन्च सम्बन्धलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।






