नुवाकोट । जिल्लाको म्यागङ गाउँपालिकामा कार्यरत सूचना प्रविधि अधिकृत विरेन्द्र तामाङलाई घुस/रिसवत लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार नियन्त्रणमा लिएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार भुक्तानी भइसकेपछि पनि सेवाग्राहीसँग ‘कमिसन’ माग्दै बार्गेनिङ गरी दुःख–हैरानी दिएको भन्ने सूचनाका आधारमा आयोगको टोलीले निगरानी तथा अनुसन्धान गरेको थियो ।
अनुसन्धानका क्रममा तामाङले सेवाग्राहीबाट घुस/रिसवतबापत एक लाख रुपैयाँ लिएको अवस्थामा काठमाडौं महानगरपालिका–१६, बालाजुबाट नियन्त्रणमा लिइएको आयोगले जनाएको छ।
आयोगले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।






