पुस्तक विमोचन तथा शुभकामना आदान–प्रदान कार्यक्रम बैशाख १ गते हुने

    नुवाकोट । नयाँ वर्ष २०८३ को अवसर पारेर “आधारभूत मौरीपालन सिकाइ (Basic Learning for Beekeeping)” पुस्तकको विमोचन कार्यक्रम आयोजना गरिने भएको छ।

    लेखक यम कुमार खाती द्वारा लिखित उक्त पुस्तकको विमोचन समाज सचेतन केन्द्र, नुवाकोट को आयोजनामा हुन लागेको हो। कार्यक्रम बैशाख ०१ गते मंगलबार बिहान ८:०० बजे समाज सचेतन सभाहल, बिदुरमा सञ्चालन हुने जनाइएको छ।

    कार्यक्रममा मौरीपालन सम्बन्धी आधारभूत ज्ञान तथा सीप विस्तार गर्ने उद्देश्य राखिएको आयोजकले जनाएको छ। स्थानीय कृषक, मौरीपालक तथा सरोकारवालाहरूको सहभागिता रहने अपेक्षा गरिएको छ।

    आयोजकका अनुसार, पुस्तकले मौरीपालन व्यवसायलाई व्यवस्थित र व्यावसायिक बनाउन सहयोग पुर्‍याउने विश्वास लिइएको छ।