एमाले प्रदर्शनमा प्रहरी कडाइ, ७ कार्यकर्ता समातिए

काठमाडौँ : नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा भएको प्रदर्शनका क्रममा सात जना कार्यकर्ता पक्राउ परेका छन्।
सिंहदरबारको दक्षिण गेटस्थित निषेधित क्षेत्रमा प्रवेश गरेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए।
आज भएको प्रदर्शनका क्रममा केही प्रदर्शनकारीमाथि प्रहरीले लाठी प्रहार गरेको थियो भने भीड नियन्त्रणका लागि अश्रुग्याससमेत प्रयोग गरिएको थियो।