युद्ध अन्त्यका लागि इरानको ३ यस्ता छन सर्त

अन्तर्राष्ट्रिय खबर । Masoud Pezeshkian नेतृत्वको इरानले अमेरिका र इजरायलसँग जारी युद्ध अन्त्यका लागि केही सर्त अघि सारेको छ। राष्ट्रपति पेजेस्कियानले रुस र पाकिस्तानका नेताहरूसँगको कुराकानीमा मध्यपूर्वमा शान्ति स्थापना गर्न इरान प्रतिबद्ध रहेको बताएका छन्।
सामाजिक सञ्जाल एक्समार्फत उनले युद्ध अन्त्यका लागि तीन मुख्य सर्त राखेका छन्। उनका अनुसार अमेरिका र इजरायलले इरानको वैध अधिकारलाई स्वीकार गर्नुपर्ने, युद्धका कारण भएको क्षतिको क्षतिपूर्ति दिनुपर्ने तथा भविष्यमा इरानमाथि आक्रमण नहुने सुनिश्चित गर्न बलियो अन्तर्राष्ट्रिय ग्यारेन्टी दिनुपर्ने बताएका छन्।
Ali Khameneiको मृत्यु भएपछि Iran, Israel र United Statesबीच तनाव थप चर्किएको छ। गत फेब्रुअरी २८ मा अमेरिका–इजरायलले संयुक्त हवाई आक्रमण गर्दा खामेनी मारिएपछि दुवै पक्षबीच लगातार आक्रमण–प्रत्याक्रमण भइरहेको छ।
इरानले खाडी क्षेत्रका देशहरूमा रहेका अमेरिकी र इजरायली अड्डालाई लक्षित गरी ड्रोन र क्षेप्यास्त्र आक्रमण गरिरहेको दाबी गरेको छ। जवाफमा इजरायलले पनि इरानका विभिन्न स्थानमा हमला जारी राखेको बताइएको छ।
इरानका अनुसार अमेरिका–इजरायलको आक्रमणबाट हालसम्म १ हजार ३०० भन्दा बढी मानिसको मृत्यु भएको छ भने करिब ८ हजार घर ध्वस्त भएका छन्। संयुक्त राष्ट्रसंघका लागि इरानका राजदूत अमिर सइद इरावनीका अनुसार देशका हजारौँ आवासीय क्षेत्र, अस्पताल, बजार र विद्यालयसमेत आक्रमणको चपेटामा परेका छन्।
यसैबीच इरानले इजरायलका हाइफा, जेरुसेलम र तेल अभिभमा क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेको छ। इरानी आक्रमणमा हालसम्म अमेरिकी सेनाका ७ जनाको मृत्यु भएको र करिब १४० जना घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।