लापामा आर्थिक रूपमा कमजोर ४ परिवारलाई खाद्यान्न सहयोग प्रदान

धादिङ । रुवीभ्याली ५ लापाका आर्थिक रूपमा कमजोर चार परिवारलाई खाद्यान्न सहयोग प्रदान गरिएको छ।

सुदिप तामाङको नेतृत्वमा पाष्टर सन्तोष रामदन द्वारा प्रदान गरेको आर्थिक सहयोग मार्फत आज चार परिवारलाई वितरण गरिएको हो। सहयोगअन्तर्गत प्रत्येक परिवारलाई एक–एक बोरा चामल र दुई किलो दाल प्रदान गरिएको जनाइएको छ।

स्थानीय स्तरमा गरिएको यस सहयोगले आर्थिक रूपमा कमजोर परिवारलाई केही राहत पुगेको बताइएको छ। बितरण समारोहमा घ्युब्राङ अनुग्रह मण्डलीका पा. कुन्ज तामाङ लगायतको सहभागी रहेकोे थियो ।